नियम ९०
निर्देशन बमोजिम गर्नु पर्ने
राशन बन्दोबस्तको लागि खरिद सम्झौता हुन नसकेमा वा भएकोमा पनि त्यस्तो सम्झौता उल्लंघन भएकोमा वा सार्वजनिक निकायले ऐन वा यस नियमावली बमोजिम खरिद सम्झौता भङ्ग गरेकोमा त्यस्तो निकायको प्रमुखले “पन्ध्र दिन भित्रै नयाँ खरिद प्रकृया प्रारम्भ गर्नु पर्नेछ र नयाँ प्रक्रिया टुङ्गो नलागे सम्म तालुक कार्यालयको निर्देशनको लागि लेखी पठाई तालुक कार्यालयबाट निर्देशन भए बमोजिम राशन खुवाउनु पर्नेछ ।